विश्वचर्चित क्राइम सिरिज ‘मनी हाइस्ट’को अन्तिम सिजन आजदेखि – Nepal Press

विश्वचर्चित क्राइम सिरिज ‘मनी हाइस्ट’को अन्तिम सिजन आजदेखि

काठमाडौं र पोखराको रेष्टुरेन्टमा पनि प्रदर्शनको तयारी

काठमाडौं । बहुप्रतीक्षित क्राइम थ्रीलर सिरिज ‘मनी हाइस्ट’को पाँचौ सिजन सुरु भएको छ । नेपाली समयानुसार शुक्रबार दिउँसो १२ बजेदेखि नेटफिल्क्समा यसको स्ट्रिमिङ सुरु भएको हो ।

दुई भागमा स्ट्रिमिङ हुने सिजनको पहिलो भागदेखि आजदेखि सुरु भएको छ भने दोस्रो भाग डिसेम्बरमा हुनेछ । ‘ला कासा दे पापेल’ नामले विश्व चर्चित यो स्पेनी सिरिज नेटफिल्क्सले खरिद गरेपछि झनै चर्चित भएको थियो ।

नेटफिल्क्सले हिन्दी, तामिल, तलेगु भाषामा समेत यसलाई रिलिज गरेको छ । अन्तिम एपिसोड अर्थात पाँचौ सिजनमा कूल १० वटा एपिसोड छन् । एपिसोड १ को शीर्षक द इन्ड अफ दी रोड, एपिसोड २ को शीर्षक डु यु बिलिभ इन रि-इनकार्नेसन राखिएको छ ।

तेस्रो एपिसोडको वेलकम टु द सो अफ लाइफ, चौंथो एपिसोडको योर प्लेस इन हेभन र पाँचैं एपिसोडको नाम लिभ मेनी लिभ्स राखिएको छ । भाग दुईमा पनि पाँचवटा एपिसोड छन् । यसको नाम चाहिँ सार्वजनिक भएको छैन ।

चौंथो सिजनको अन्तिम एपिसोड मुख्य पात्र प्रोफेसर (अल्भारो मोर्टे)लाई प्रहरीले पक्राउ गरेको कथासँगै टुंगिएको थियो । नेपालमा समेत यो सिरिजको निकै क्रेज छ । काठमाडौंस्थित केही रेष्टुरेन्टले सिरिजको स्क्रिनिङ गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर