सीमा विवादबारे प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग छलफल गर्ने – Nepal Press

सीमा विवादबारे प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग छलफल गर्ने

काठमाडौं । चीनसँगको सीमा विवादलाई लिएर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले चिनियाँ राजदूत होउ यान्छीसँग छलफल गर्ने भएका छन् ।

हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन समिति गठन गरेको थियो । समिति गठन गरेलगत्तै सरकारको कूटनीतिक प्राथमिकतालाई लिएर सत्तापक्ष र विपक्षी दलहरु स्वयम विरोधमा उत्रिएका छन् ।

गठबन्धनमा पूर्वसहमति नजुटाइ एकपक्षीयरुपमा समिति गठन गरेको भन्दै बिहीबार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले देउवासँग धारणा मागेका थिए ।

स्रोतका अनुसार सत्ता गठबन्धनको उक्त बैठकमा प्रधानमन्त्री देउवाले प्रश्न उठेपछि सरकारले स्पष्ट हुन समिति गठन गरेको बताएका थिए । सीमा विवादमा एकपक्षीय रुपमा अघि बढ्दा छिमेकसँगको सम्बन्ध प्रभावित हुने बताएपछि बैठकमा चिनियाँ राजदूतसँग छलफल र समन्वय गर्ने सहमति बनेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले चिनियाँ राजदूतसँग छलफल गर्ने र साझा संवादका आधारमा अघि बढ्ने सहमति जुटेको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर