अमेरिकामा शक्तिशाली आँधीले तीन नेपालीसहित ४६ जनाको मृत्यु (तस्विर) – Nepal Press

अमेरिकामा शक्तिशाली आँधीले तीन नेपालीसहित ४६ जनाको मृत्यु (तस्विर)

शिशुसहित एकै परिवारका तीन नेपालीले गुमाए ज्यान

न्यूयोर्क । शक्तिशाली सामुन्द्रिक आँधी आइडापछि आएको भीषण वर्षा र बाढीले अमेरिकामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यूजर्सी राज्यमा मात्र २३ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क सहरमा मात्र १३ जनाको मृत्यु भएको छ ।

न्यूयोर्कमा आँधीपछिको बाढीमा परेर एकै नेपाली परिवारका तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ घर भई अहिले न्यूयोर्कमा बस्दै आएका आङगेलु लामा, पत्नी मिङमार शेर्पा र १९ महीनाका छोरा लोप्साङ लामाको मृत्यु भएको छ ।

न्यूजर्सी गर्भनर फिल मर्सीका अनुसार अधिकांशको मृत्यु गाडीलाई बाढीले बगाउँदा भएको छ । उनका अनुसार थप मानिसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

पूर्वी अमेरिकी राज्यहरु कनेक्टिकट, मेरिल्यान्ड, न्यूजर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा मात्र दर्जनौंको मृत्यु भएको छ । न्यूयोर्कमा सन् १९२७ यताकै भीषण वर्षा र बाढी आएको जनाइएको छ । सेप्टेम्बर १ मा मात्रै न्यूयोर्क र न्यूजर्सीमा अहिलेसम्मकै उच्च वर्षा मापन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर