शिक्षामा पश्चिमा प्रभाव नरोके राष्ट्रियतामा खतरा- माओवादी नेता गुरुङ – Nepal Press

शिक्षामा पश्चिमा प्रभाव नरोके राष्ट्रियतामा खतरा- माओवादी नेता गुरुङ

काठमाडाैं । माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देब गुरुङले शिक्षामा पश्चिमा प्रभाव नरोके आगामी ५० बर्षमा मुलुक नै नरहने गम्भीर खतारा उत्पन्न हुन सक्ने बताएका छन् ।

अखिल(क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तयगर्न बिहीबार काठमाडौमा पूर्व बिध्यार्थी नेताहरुकासँग गरेको अन्तरकृया कार्यक्रममा बोल्दै नेता गुरुङले शैक्षिक क्षेत्र वहुरास्ट्रिय कम्पनी र एनजीओ आईएनजीओहरुको ठूलो घेरबन्दीमा रहेको भन्दै नेपाली पठ्यक्रम विदेशीको इशारामा निर्माण गरिने कुराको अविलम्ब अन्त्य हुनुपर्ने धारणा राखे।

छलफलमा उठेक प्रश्नहरुको जवाफ दिँदै अखिल (क्रान्तिकारी)का अधयक्ष रन्जीत तामाङ कमजोरीहरुका बाबजुद नेपाली विद्यार्थी आन्दोलन आज पनि मुलुकको सबैभन्दा लोकप्रिय आन्दोलन भएको दाबी गरे ।

अखिल(क्रान्तिकारी)का उपाध्यक्ष दिपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली विद्यार्थी आन्दोलनको समीक्षा’ बिषयक कार्यपत्रमा विद्यार्थी संगठनका पुर्व अध्यक्षहरु लीलामणि पोखरेल, देव गुरुङ, प्रकाश पोखरेल, जीवन गौतम र रमेश मल्ललगायतका नेताहरुले सुझावसहित धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर