पर्वतमा पहिरोले ५ जनाको मृत्यु, तीन वेपत्ता – Nepal Press

पर्वतमा पहिरोले ५ जनाको मृत्यु, तीन वेपत्ता

पर्वत । पर्वतका तीन स्थानमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनीहरुलाई जीवितै उद्धार गरिने सम्भावना न्यून छ ।

यस्तै कुश्मा नगरपालिका-११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

मोदी गाउँपालिका-५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षती भएको अनुमान गरिए पनि अहिलेसम्म विवरण नआएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर