दार्चुला घटनाबारे भारतद्वारा अनविज्ञता प्रकट, भन्यो : औपचारिक जानकारी आएको छैन – Nepal Press

दार्चुला घटनाबारे भारतद्वारा अनविज्ञता प्रकट, भन्यो : औपचारिक जानकारी आएको छैन

कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको ध्यानाकर्षण

दिल्ली । दार्चुलाको तुइन घटनाबारे भारतले अनविज्ञता प्रकट गरेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्दम बाग्चीले घटनाबारे मिडियाबाट सुनेको तर, औपचारिक प्रतिक्रिया नआएको बताए ।

नेपालमा आन्तरिकरुपमा छानविन भएको हो वा होइन भन्नेबारे जानकारी नभएको बताउँदै उनले नेपाल सरकारले औपचारिकरुपमा जानकारी नगरएकाले केही बोल्न नमिल्ने बताए ।

‘यसबारे मिडियाबाट मात्र केही सुनेको हो । भारतको राजदूतावासमार्फत केही आउला अनि केही भन्न मिल्ला’ एकजना नेपाली पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘धेरै मानिसले उक्त घटनालाई फरक फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सहि कुरा के हो भन्ने मलाई थाहा छैन ।’

भारतीय सीमा सशष्त्र प्रहरी बल (एसएसबी)का जवानले तुइन चुडाइदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले एसएसबीका जवानलाई दोषी देखाउँदै प्रतिवेदन बुझाइसकेको छ ।

यसैबीच, बिहीवार नै गृहले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

One thought on “दार्चुला घटनाबारे भारतद्वारा अनविज्ञता प्रकट, भन्यो : औपचारिक जानकारी आएको छैन

  1. लम्पसार बादि ,भारतपर्ति काे बफादार सरकारले वास्तव मा डरले कायर् प्रवृत्ति देखाएको बुझिन्छ ,नेपाली नागरिकको बिदेशी बैमानहरुले हत्या गरिरहदा चुपचाप छानबिन नगरी बसिरहन्छ नेपाल सरकार भने सरकार काे नागरिक पर्तिकाे जिम्मेवारी पुरै छैन भनेर हामीले बुझ्नुपर्छ ।कडाइसाथ छानबिन गर्न तत्परता देखाउनु पर्ने थियो ,गैरजिम्मेवार सरकार बाट मुलुक र जनता ले कुनै किसिमको अाशा भराेसा गर्नु बेकार साबित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर