माफी चाहन्छु, नतिजा गर्व गर्नलायक भएन: प्रशिक्षक अल्मुताइरी – Nepal Press

माफी चाहन्छु, नतिजा गर्व गर्नलायक भएन: प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज नेपालको खेल गर्व गर्न लायक नभएको टिप्पणी गरेका छन् । म्याचपछि पत्रकारसँग कुरा गर्दै उनले नेपालभन्दा भारत बलियो देखिएको बताए ।

प्रशिक्षक अल्मुताइरीले भने, ‘यदि हामी साफ र एसियन कप छनोटमा राम्रो गर्न चाहन्छौं भने खेलस्तरमा सुधार गर्नुपर्छ ।’

सुरुवातदेखि नै नेपालले जितका लागि खेलेको तर, दोस्रो हाफको सुरुवाति १० मिनेटमा मात्रै हारेको उनको विश्लेषण छ ।

नेपालले गोल खानुमा गोलकिपरको गल्ती नभएर भाग्यलाई दोष दिएका छन् ।

साथै, टिममा भएका सबै खेलाडीले दुई मैत्रीपूर्ण खेलमा मौका पाउने उनले बताए ।


प्रतिक्रिया

One thought on “माफी चाहन्छु, नतिजा गर्व गर्नलायक भएन: प्रशिक्षक अल्मुताइरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर