नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरी – Nepal Press

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरी

काठमाडौं । करिब पाँच वर्षपछि नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । साफ च्याम्पियनसिपको तयारी स्वरुप भएको खेलमा नेपालले ६ वर्षको गोल खडेरी चिर्दै भारतविरुद्ध अग्रता लिएको थियो ।

कोन्साम सिंहले गोलकिपर गुरप्रीतसिंह सन्धुलाई दिएको फितलो पास जित्दै अञ्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए । सन् २०१५ मा विमल घर्ती मगरले गरेको गोलपछि अञ्जनले आजको खेलको ३६औं मिनेटमा भारतविरुद्ध पहिलो गोल गरेका हुन् ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले ६०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले माथि पञ्च गरेका थिए । तर, सोही बल गोल लाइन नजिकै ड्रप हुने क्रममा अनिरुध थापाले ट्याप इन् गर्दै भारतका लागि बराबरी गोल गरे । नेपालका प्रमुख डिफेन्डर चोटिल भएर मैदान बाहिर भएको मौकाको फाइदा उठाउँदै सुनिलले सशक्त प्रहार गरेका थिए ।

अन्ततः सोही प्रहारले गोलको अवसर सिर्जना भएको थियो । थापाको त्यो गोलसँगै बराबरीमा आएको खेलमा बाँकी गोल हुन सकेन ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर