विवेकशील-साझाको संस्थापन पक्षकाे निर्णय : समानान्तर गतिविधि नराेके कारवाही – Nepal Press

विवेकशील-साझाको संस्थापन पक्षकाे निर्णय : समानान्तर गतिविधि नराेके कारवाही

काठमाडौं । विवेकशील-साझा पार्टीको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरितका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरुलाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । त्यस्ता गतिविधि नरोकिए केन्द्रीय समितिले कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

आज सम्पन्न भर्चुअल बैठकपछि पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध अमर्यादित र अपमानजनक टिकाटिप्पणी गर्ने सदस्यहरु अब कारवाहीको भागीदार हुनेछन् ।

बैठकले अबको एक साताभित्र अर्को बैठक आह्वान गर्ने र त्यसमा असन्तुष्ट सदस्यहरुलाई पनि सामेल गर्न यथासक्य प्रयास गर्ने निर्णय लिएका विज्ञप्तिमा उल्लेख छ । साथै, बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णयसमेत लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर