नेपालविरुद्ध भारतको बराबरी गोल – Nepal Press

नेपालविरुद्ध भारतको बराबरी गोल

काठमाडौं । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण फुटबल खेलमा भारतले बराबरी गोल फर्काएको छ ।

मध्यान्तरअघि नेपालले एक गोलको अग्रता लिएकोमा भारतले मध्यान्तरपछि एक गोल हान्दै खेललाई बराबरीमा ल्याएको हो ।

कप्तान सुनिल क्षेत्रीको सशक्त प्रहार पछिको बललाई ट्याप-इन् गर्दै अनिरुध थापाले नेपालविरुद्ध भारतका लागि बराबरी गोल फर्काएका हुन् ।

पहिलो हाफमा अञ्जन विष्टले गरेको गोलसँगै १-० ले पछि परेको भारतका कप्तान सुनिलले १८ यार्ड बक्स अगाडिबाट सशक्त प्रहार गरेका थिए ।

त्यो प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले माथि पञ्च गरेका थिए । सोही बल ड्रप हुने क्रममा थापाले गोल लाइन नजिकैबाट प्रहार गर्दै गोल गरे ।

नेपालका प्रमुख डिफेन्डर अनन्त तामाङ चोटका कारण मैदानबाहिर रहेको मौकामा भारतले गोल गर्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर