आईक्यानको कार्यकारी निर्देशकमा सिन्हाको निरन्तरता – Nepal Press

आईक्यानको कार्यकारी निर्देशकमा सिन्हाको निरन्तरता

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियमनकारी संस्था (आईक्यान) को कार्यकारी निर्देशकमा सञ्जयकुमार सिन्हाले निरन्तरता पाएका छन् । सिन्हाको ४ वर्षे कार्यकाल भदौ १५ गते सकिएको थियो । आइक्यान परिषदले सिन्हालाई पुन: अर्को कार्यकाल थप गरेको हो ।

कार्यकारी निर्देशकको काम सन्तोषजनक रहेकोमा अर्को ४ वर्षका लागि म्याद थप गर्न सक्ने व्यवस्था आईक्यानको ऐनमा नै व्यवस्था रहेकाले सिन्हालाई दोस्रो कार्यकालका लागि नियुक्ति गरिएको हो ।

१० जना चार्टर्ड एकाउन्टेन्ट्स, ४ जना लेखापरीक्षक र ३ जना नेपाल सरकारको सहसचिवस्तरका कर्मचारी गरी १७ जनाको परिषद् हुन्छ । अर्थमन्त्रालय, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयका तर्फबाट १/१ जना सहसचिवहरू परिषदमा रहन्छन् । आईक्यान लेखापरीक्षणको नियमन गर्नका लागि स्थापना गरिएको संस्था हो ।

आईक्यानका सदस्यहरूले नै नेपालका सबै निजी क्षेत्रहरूको अन्तिम लेखापरीक्षण सम्बन्धी काम गर्ने गर्दछ भने महालेखा परीक्षकको कार्यालयले समेत यस संस्थाका लेखापरीक्षक हायर गरी सरकारी निकायको अन्तिम लेखा परीक्षण गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर