भारतविरुद्ध नेपालको शुरूआती ११ सार्वजनिक (सूचीसहित) – Nepal Press

भारतविरुद्ध नेपालको शुरूआती ११ सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारविरुद्ध केही बेरमा शुरू हुने खेलका लागि शुरूआती ११ सार्वजनिक गरेका छन् । साफ च्याम्पियनसिपको तयारी स्वरुप हुन लागेको यो खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ ।

प्रशिक्षक अब्दुल्लाहले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ
डिफेन्डर्सः सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर्सः पुजन उपरकोटी, तेज तामाङ सुमन लामा
फरवार्डः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आयुष घलान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर