अब क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने (भिडियो) – Nepal Press

अब क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने (भिडियो)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

महाशाखाले भोलि (शुक्रबार) बाट लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

उनका अनुसार आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ । प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेण्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए ।

उनले भने,‘हिजोको दिनमा हामीले बैंकमा गएर, लाइन बसेर, जरिबना तिर्नुपर्ने अवस्था थियो भने त्यसको केही हदसम्म अनलाइन पेमेण्ट सिस्टमबाट समाधान गरियो, अहिले पनि ४० प्रतिशत पेमेण्ट मात्रै अनलाइनबाट भइरहेको छ, अन्य मानिसहरुमा अहिले पनि यूज टू भइसकेको छैन, ६० प्रतिशत अझै पनि बैंकमै गएर तिर्ने प्रचलन छ, मलाई लाग्छ, बिस्तारै मानिसमा यूज टू हूँदै गएपछि ४० बाट बढ्दै जान्छ, एकदिन यस्तो पनि आउनेछ, सबै जरिबाना तिर्ने काम अनलाइनबाटै हुनेछ, त्यस्तै क्यूआर कोड अनलाइन भन्दा सजिलो हुने रहेछ, यदि हामी क्यूआर कोडबाट तिर्न चाहन्छौँ भने अब हामीले हाम्रो चिटमा प्रत्येक चिटको लागि अलग अलग क्यूआर कोड चिटमै छापिएको हुनेछ।’

प्रमुख भट्टराईले क्यूआर कोडमार्फत् आफैँ भूक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोवल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए।

उनले गत वर्षमा अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउँदा २ वटा वालेटबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था बनाएर शुरु गरेको स्मरण गर्दै पछि यसको व्यापकता ६०÷७० को हाराहारीमा पुगेको बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर