प्रदेश २ का दुई सांसदले छाडे माधव नेपालको साथ, एमालेमै रहने – Nepal Press

प्रदेश २ का दुई सांसदले छाडे माधव नेपालको साथ, एमालेमै रहने

जनकपुरधाम । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले माधव नेपालको साथ छाडेका छन् ।

पर्साको वीरगञ्जमा आज भएको नेकपा एमालेको प्रदेश कमिटी बैठकमा विश्वकर्मा र गुरुङ सहभागी भएका छन् ।

एमालेका नेता एवं सांसद सत्यनारायण मण्डलले भने, ‘कमरेड सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ हामीसँगै छन् ।’
एमालेका २१ सांसदमध्ये ११ सांसदले आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

सनाखत गर्ने क्रममा सांसद शत्रुधन महतोले विश्वकर्मा र गुरुङ काठमाडौंमा रहेको बताएका थिए ।

सांसद विश्वकर्माको मोबाइल अफ छ भने सांसद गुरुङले फोन रिसिभ गरेकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर