५० अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो (भिडियो) – Nepal Press

५० अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो (भिडियो)

काठमाडौं । नेप्से परिसूचक आज ५०.१३ अंकले घट्दै २९२६.२६ विन्दुमा पुगेको छ । आज कारोबार रकम र कारोबार संख्यामा पनि गिरावट आएको छ ।

१ करोड ८१ लाख ९ हजार ९६७ कित्ताको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रोपावर लागनी समूहका लगानीकर्ताले गुमाउन पुगेका छन् । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एचपीसी कम्पनीको ५७ करोड रुपैयाँ बराबरको भएको छ ।

आजबाट कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य पनि करिव १० प्रतिशतले नै बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर