टेबल पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु – Nepal Press

टेबल पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

रुपन्देही । कपिलवस्तुमा टेबल पंखा जोड्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पङ्खा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो ।

घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *