पाल्पामा भगवती जात्रा सम्पन्न – Nepal Press

पाल्पामा भगवती जात्रा सम्पन्न

पाल्पा । पाल्पाको तानसेन नगरपालिका -४ स्थित दरबार परिसरमा ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३ औ भगवती जात्राको सम्पन्न भएको छ ।

नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले संयुक्त रुपमा बढाई दिइ ७ रणउजिरेश्वरी भगवतीलाई उजिरेश्वरी मन्दिर परिसर तथा नेपाली सेनाको निशान भगवती मन्दिरको परिक्रमा गराई पुनः उजिरेश्वरी भगवती मन्दिरमा पुर्‍याई जात्राको समापन भएको हाे ।

जात्रामा भगवती मन्दिर परिसरमा पाल्पामा तैनाथ नेपाली सेनाको  गोरखदल गणका गणपतिले साेमबार  पूजाआजा गरी जात्राको बिधिवत रुपमा शुरुवात गरेको थियो ।

कोभिड -१९ को प्रोटोकललाई पुर्ण रुपमा पालना गरी संचालन गरिएको उक्त जात्रामा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *