कलाकार निशाको पशुपति आर्यघाटमा अत्येष्टी, दुर्घटनाको छानविन गर्न कलाकार संघको माग – Nepal Press

कलाकार निशाको पशुपति आर्यघाटमा अत्येष्टी, दुर्घटनाको छानविन गर्न कलाकार संघको माग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको शवलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिएका थिए ।

आर्यघाटमै उनको पार्थिव शरिरलाई एक घण्टा राखिएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी श्रद्धाञ्जली दिन आर्यघाट गएका थिए ।

कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकारको उपस्थिती भने न्यून थियो । कलाकर्मीको न्यून उपस्थिति थियो ।

कलाकारको उपस्थिती नै कम भएपनि कलाकार संघका प्रवक्ता निरौलाले दुःख व्यक्त गरेका छन् । साथै उनले भारतको देहरादूनमा भएको निशाको सडक दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् ।

‘कूटनीतिक च्यानलबाट उनको दुर्घटनाको छानविन हुनुपर्छ’ उनले भने । नर्भिक अस्पतालमा उपचाररत निशाको निधन बिहीबार साँझ भएको थियो । निधन भएको हो । ३ महिना अगाडि नर्भिक अस्पतालले निशालाई घरबाटै उद्धार गरेको थियो ।

सबै वैकल्पिक विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो । ठूलो पर्दाको फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायतका टिभी सिरियलमा उनले अभिनय गरेकी छिन् ।

साथै लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत दुई दर्जन बढी म्यूजिक भिडिओमा पनि काम गरेकी थिइन् ।


प्रतिक्रिया

One thought on “कलाकार निशाको पशुपति आर्यघाटमा अत्येष्टी, दुर्घटनाको छानविन गर्न कलाकार संघको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर