धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित – Nepal Press

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो ।

अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए । मन्त्रीपरिषद्को बैंठकले यस विषयमा छानविन गर्न छानविन समितिसमेत गठन गरेको छ ।

छानविन समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ । अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थमन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो । अर्थ समितिको बैठकमा अध्यक्ष ढुुंगानाले विवाह गरेकी छोरीले शेयर किन्न पाउने जिकिर गरेका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर किन्ने प्रकरणमा मुछिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द साउदले केहीं दिन अघिमात्र राजिनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर