नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य २ हजार र १ हजार – Nepal Press

नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य २ हजार र १ हजार

काठमाडौं । नेपाल र भारतबीच बिहीबार र आइतबा हुने दुई मैत्रीपूर्ण खेलको टिकट मुल्य तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो ।

एन्फाले भीआईपीतर्फको टिकटदर २ हजार तथा सामान्य तर्फको टिकट दर १ हजार तोकेको छ । नेपाल सरकारको स्वीकृतसँगै एन्फाले ५ हजार १ सय टिकट बिक्री गर्ने भएको हो । एन्फाले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गरिसकेको छ ।

यस्तै एन्फाले कोभिड खोप लगाएका र पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । नेपाल र भारत दुवैले आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर