एमसीसी उपाध्यक्ष सुमार काठमाडौं भ्रमणमा आउँदै, प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतालाई भेट्ने – Nepal Press

एमसीसी उपाध्यक्ष सुमार काठमाडौं भ्रमणमा आउँदै, प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतालाई भेट्ने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)को संसदीय अनुमोदनमा सहमति नजुटिरहेको बेला उक्त पूर्वाधार परियोजनाकी उपाध्यक्ष फतिमा सुमार आगामी साता काठमाडौं आउने भएकी छिन् । एमसीसी नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टका अनुसार सुमार एमसीसीको पछिल्लो अवस्थाको अध्ययन गर्न नेपाल आउन लागेकी हुन् ।

एमसीसीको निम्तोमा नेपालमा रहँदा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिका दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ । नेपालले एमसीसी सहयोग लिनेबारे अन्तिम चरणको छलफल गर्दा पनि सुमारको सहभागिता थियो । काठमाडौंमा रहँदा सुमारले एमसीसीले आयोजना गर्ने कार्यक्रममा पनि भाग लिने भएकी छिन् ।

एमसीसीको संसदीय अनुमोदनमा राजनीतिक दलबीच मतैक्य नभैरहेको बेला सुमारको भ्रमण हुन लागेको हो । अमेरिकाले यसअघि विदेशमन्त्री, स्टेट डिपार्टमेन्टको प्रतिवेदन र राजदूतमार्फत पनि एमसीसी पारित गराउन दबाब दिँदै आएको थियो ।

नेपालले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन र सडक मर्मतका लागि ५०० मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर