विष्णुमायाको जीवनी एकसय मुलुकमा पठनपाठन हुने, अमेरिकी राजदूत बेरीले दिए बधाई – Nepal Press

विष्णुमायाको जीवनी एकसय मुलुकमा पठनपाठन हुने, अमेरिकी राजदूत बेरीले दिए बधाई

काठमाडौं । नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनीबारे अमेरिकासहित विश्वका सय मुलुकको कलेजमा पठनपाठन हुनेभएको छ ।

अमेरिकी प्रकाशक म्याकग्रो हिलद्वारा प्रकाशित र डा. लिसा राइट हफनरद्वारा लिखित ‘द राइटर्स माइन्डसेट’मा परियारको जीवनी समावेश गरिएको छ ।

कूल ६९२ पृष्ठ रहेको उक्त पुस्तकमा ५९१ देखि ५९४ पृष्ठसम्म परियारको जीवन संघर्षलाई उल्लेख गरिएको छ । उक्त पुस्तकमा संसारका ५२ उल्लेखनीय व्यक्तिहरुको प्रोफाइल लेखिएको छ ।

विश्वमै अग्रणी प्रकाशक मानिने म्याकग्रो हिलका पाठ्यपुस्तक अमेरिकासहित १०० मुलुकमा पढाइ हुन्छ । सन् २०२० मा उक्त प्रकाशका पुस्तकका ४३ लाख प्रति सशुल्करुपमा विभिन्न विश्वविद्यालय, कलेज, विद्यार्थी र प्राध्यापकले खरिद गरेका थिए ।

अमेरिकी सामाजिक अभियन्ता समेत रहेकी परियार अहिले न्यूजर्सी सहरको रोजगार र तालिम समितिकी सदस्य समेत हुन् । विष्णुमायाकै पहलमा २०१९ मा जर्सीसिटी र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम भएको छ ।

विष्णुमाया अहिले एनआरएनए आइसीसीको वर्तमान निर्वाचन आयुक्त, गोर्खा समाजकी संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर