झलनाथलाई भेट्न प्रचण्ड डल्लुमा, कम्युनिस्ट एकताबारे पनि छलफल – Nepal Press

झलनाथलाई भेट्न प्रचण्ड डल्लुमा, कम्युनिस्ट एकताबारे पनि छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनाल आफ्नो निवास डल्लुमा आराम गरिरहेका छन् । खनालको स्वास्थ्य अवस्था बुझ्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रचण्ड उनको निवासमा गएका हुन् ।

खनालको उपचारको व्यवस्था गर्न लागि प्रचण्डले आफू निकट पूर्व सभासद डा. ल्हारक्याल लामालाई दिल्लीमा पठाएका थिए । झलनाथले आफ्नो उपचारमा विशेष सहयोग गरेकोमा प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नेकपा एसका वरिष्ठ नेतासमेत रहेका खनालसँग सरकार विस्तार तथा कम्युनिस्ट एकताको बारेमा पनि कुरा भएको खनालको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर