महोत्तरीका मनरा नगर प्रमुख सहित सय बढी जनप्रतिनिधिले रोजे लोसपा – Nepal Press

महोत्तरीका मनरा नगर प्रमुख सहित सय बढी जनप्रतिनिधिले रोजे लोसपा

जनकपुरधाम । महोत्तरीको मनरा शिसवाका नगर प्रमुख संजय कुमार सिंह र एकडारा गाउँपालिका अध्यक्ष छविलाल साहले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

नगर प्रमुख सिंह र अध्यक्ष साह तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । दुबै जनाले मंगलबार जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर लोसपाको पक्षमा सनाखत गरेका छन् ।

यस्तै मटिहानी नगरपालिका, पिपरा गनउँपालिका, महोत्तरी गाउँपालिका र जलेश्वर नगरपालिकाकी उपप्रमुखहरु क्रमशः शिवोदेवी साह, ननु कुमारी दास, सितादेवी साह र मुनचुन देवीले पनि लोसपा रोजका छन् ।

मंगलबार नै महोत्तरीका भंगहा नगरपालिका प्रमुख सञ्जिव साह र जलेश्वर नगरपालिका प्रमुख राम शंकर मिश्रले लोसपाको पक्षमा सनाखत गरेका थिए ।

योसहित मंगलबार महोत्तरीका विभिन्न स्थानीय तहका १०२ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् । उनीहरु सबै तत्कालिन राजपाबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर