विनाको समर्थन गर्दै गोकुलले भने- माधवले जस्तो प्रचण्डले अध्यादेशबाट पार्टी बनाएका होइनन् – Nepal Press

विनाको समर्थन गर्दै गोकुलले भने- माधवले जस्तो प्रचण्डले अध्यादेशबाट पार्टी बनाएका होइनन्

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले विना मगरलाई मन्त्री बनाउन नपाइने तर्कको प्रतिवाद गर्दै प्रचण्डलाई समर्थन गरेका छन् ।

प्रचण्डले सुदूरपश्चिमबाट बुहारी विना मगरलाई मन्त्री बनाउन लागेको चर्चा चलिरहेका बेला उनले माधव नेपाल र नारायणकाजी श्रेष्ठभन्दा प्रचण्ड फरक भएको भन्दै बिनालाई मन्त्री बनाउन हुन्न तर्क आफूलाई मन नपरेको बताएका हुन् ।

बास्कोटाले सामाजिक सन्जालबाट विनाको समर्थन गर्दै लेखेका छन्- खाइॅंदो परेको कुरा त होईन तर प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मलाई फिटिक्कै मन परेन । प्रचण्डले माधबले जस्तो अध्यादेशबाट माओवादी बनाको हैन न त काजीले जस्तो युद्ध सकिएपछि ओते छाप पार्टी बनाको हो । प्रचण्डले पार्टी बनाउने अरुले फरमान जारी गर्ने ? त्यो मिल्दैन !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर