लुम्बिनीका एक सांसद एमालेबाट एकीकृत समाजवादीमा – Nepal Press

लुम्बिनीका एक सांसद एमालेबाट एकीकृत समाजवादीमा

पाल्पाकी रमा घर्तीले गरिन् सनाखत

रुपन्देही । पाल्पाबाट लुम्बिनी प्रदेश सभा सदस्य बनेकी रमा घर्तीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे घर्तीले खनाखत गरेको जानकारी दिइन् ।

उनी लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको पक्षमा खुल्ने एमालेको पहिलो सांसद हुन् ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ सांसद थिए । घर्ती एकीकृत समाजवादीमा गएपछि त्यो संख्या घटेर ३७ पुगेको छ । यसमा पनि सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाही आफू एमालेमा नभएको जनाउँदै गठबन्धन सरकारमा सहभागी भएपछि एमालेसँग अब ३६ जना मात्र सांसद रहेका छन् । योसँगै लुम्बिनी प्रदेशसभामा अब राजनीतिक दलको संख्या ६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर