गोकर्णेश्वरका स्कुल बन्द गराउन प्रशासनको निर्देशन – Nepal Press

गोकर्णेश्वरका स्कुल बन्द गराउन प्रशासनको निर्देशन

काठमाडौं । एकपक्षीयरुपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई टेलिफोन गरेर निर्देशन दिएको सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।
दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको प्रशासनले जनाएको छ । डेल्टा भेरिएन्टसहितको मिश्रित संक्रमणदर भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको उनको भनाई छ ।
भदौ १ गतेदेखि लागू भएको स्मार्ट लकडाउनको कार्यविधिले निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *