निषेधाज्ञा थप खुकुलो बनाउने उपत्यका सीडीओहरुको तयारी – Nepal Press

निषेधाज्ञा थप खुकुलो बनाउने उपत्यका सीडीओहरुको तयारी

काठमाडौंका स्कुल तत्काल नखुलाइने

काठमाडौं । कोभिड संक्रमण दर घटेसँगै उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारीमा काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन जुटेका छन् ।

संक्रमण दर पनि घटेको र चाडपर्व नजिकिएकाले आर्थिक क्षेत्र चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

भोलि बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो तुल्याउँदै नयाँ आदेशहरु जारी गर्नेछन् । तर सिनेमा घर, पार्टी प्यालेस, मठमन्दिर चाहिँ बन्दै रहने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।

‘चाडपर्व नजिकिएकाले मठमन्दिर खोल्ने कुरालाई वैज्ञानिक बनाउने जरुरी छ’ निरौलाले भने, ‘आर्थिक क्षेत्र चलायमान बनाउन पनि निषेधाज्ञा केही खुुकुलो हुन्छ ।’ भदौ १ गतेदेखि लागू भएको स्मार्ट लकडाउनको कार्यविधि अनुसार नै आफूहरु अघि बढेको सीडीओहरुले जनाएका छन् । अहिले जारी निषेधाज्ञा भदौ १६ गते मध्यरातसम्म कायमै छ ।

काठमाडौंको अवस्था कस्तो छ ?

मंगलबार काठमाडौं उपत्यकामा ५६४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१३, ललितपुरमा ८७ र भक्तपुरमा ६४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५४९१, भक्तपुरमा १३५१ र ललितपुरमा २१९६ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर