अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने – Nepal Press

अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने

काबुल । अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको छ । मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ ।

‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं’ अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ ।

अगस्ट १५ मा तालिबानले काबुल कब्जामा लिएपछि अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र कूटनीतिज्ञलाई फिर्ता लैजान सुरु गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर