राष्ट्रियसभा अध्यक्ष सहभागी कार्यक्रमलाई कर्णाली सरकारको उपेक्षा, बोल्दै बाहिरिँदै मुख्यमन्त्री र मन्त्रीहरु – Nepal Press

राष्ट्रियसभा अध्यक्ष सहभागी कार्यक्रमलाई कर्णाली सरकारको उपेक्षा, बोल्दै बाहिरिँदै मुख्यमन्त्री र मन्त्रीहरु

सुर्खेत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी कार्यक्रमलाई कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले उपेक्षा गरेका छन् ।

तिमल्सिना सहभागी ‘कर्णाली प्रदेशको समृद्धि र समावेशिताका सवाल’ विषयक कार्यक्रमलाई मुख्यमन्त्री र मन्त्रीहरुले उपेक्षा गरेका हुन् ।

तिमल्सिना प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो भनाइ राख्दै बाहिरिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री अम्बरबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपाली आफ्नो भनाइ राखेर बहिरिएपछि कार्यक्रममा सहभागीहरुले खल्लो महसुस गरेका छन् ।

मन्त्रीहरुसँगै सचिवहरु पनि बाहिरिएका थिए । आफ्नो कुरा राखेपछि प्रमुख अतिथिको कुरा नसुनेको भन्दै कार्यक्रममा सहभागीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर