इन्स्टामा रोनाल्डोको नयाँ किर्तिमान ! यी हुन् सर्वाधिक लाइक्स पाउने खेल तस्बिर – Nepal Press

इन्स्टामा रोनाल्डोको नयाँ किर्तिमान ! यी हुन् सर्वाधिक लाइक्स पाउने खेल तस्बिर

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ३६ बर्षको उमेरमा फुटबलमा धेरै किर्तिमानहरु राखेका छन् । तर, मैदानबाहिर पनि उनीसँग किर्तिमानको कमि छैन ।

हालै म्यान्चेस्टर यूनाइटेडले इन्स्टाग्राममा रोनाल्डो आफ्नो क्लवमा फर्केको पोष्ट राख्यो । यो पोष्टले १ करोड २९ लाख ७ हजार २२ लाइक कमाएको छ, जुन कुनै स्पोर्ट्स टिमको पोष्टमा आएको सर्वाधिक लाइक हो । यसअघि रोनाल्डोका प्रतिस्पर्धी लियोनल मेस्सीको पोष्टलाई यसले उछिनेको छ ।

अर्जेन्टाइन कप्तान मेसी पेरिस सेन्ट जर्मन (पिएसजी) जाने घोषणा गरेको भिडियोले ७८ लाख १९ हजार ८९ लाइक कमाएको थियो । रोनाल्डोको पोष्टले कुनै पनि स्पोर्ट्स टिमले पाएको सर्वाधिक लाइकको किर्तिमान राखे पनि इन्स्टाग्राममा सर्वाधिक लाइक पाएको खेल तस्बिर भने यो होइन । उक्त किर्तिमान भने मेस्सीकै नाममा छ । हालै मात्र मेस्सीले कोपा अमेरिकाको ट्रफीसँग खिचाएको तस्बिरले सर्वाधिक लाइक्स कमाएको थियो ।

यी हुन् इन्स्टाग्राममा सर्वाधिक लाइक कमाएका मुख्य खेल तस्बिरहरु :

कोपा अमेरिका ट्रफीसँग लियोनेल मेसी

लियोनल मेस्सीले जुलाई ११, २०२१ मा कोपा अमेरिकाको ट्रफीसँग खिचेको फोटो इन्स्टाग्राममा पोष्ट गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा बाज्रिललाई हराउँदै २८ बर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । त्यो मेस्सीका लागि पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि थियो ।

उक्त फोटोले २ करोड १९ लाख ३५ हजार २ सय ७३ लाइक पाएर इन्स्टाग्राममा सर्वाधिक लाइक कमाएको स्पार्ट फोटोको किर्तिमान बनाएको छ ।

रोनाल्डोको म्याराडोनालाई श्रद्धाञ्जली

मेसीको कोपा अमेरिका ट्रफीसँगको फोटोभन्दा अघि रोनाल्डोले इन्स्टाग्राममा सर्वाधिक लाइक कमाएको स्पोर्ट्स फोटोको रेकर्ड राखेका थिए । नोभेम्बर २५,२०२० मा म्याराडोनाको मृत्यु भएको थियो । रोनाल्डोले उनीसँगको फोटो पोष्ट गरेका थिए । उक्त फोटोले १ करोड ९८ लाख ७८ हजार ७ सय १७ लाइक पाएको थियो ।

मेस्सीको म्याराडोनालाई श्रद्धाञ्जली

प्रतिद्वन्द्वी रोनाल्डोले जस्तै मेस्सीले पनि श्रद्धाञ्जली दिँदै म्याराडोनासंगको फोटो पोष्ट गरेका थिए । त्यो फोटामा १ करोड ६४ लाख ८ हजार ४ सय ५८ लाइक आएको थियो ।

लेब्रन जेम्सको कोबे ब्रायन्टलाई श्रद्धाञ्जली

अमेरिकी महान बास्केटबल खेलाडी कोबेको जनवरी २६, २०२० मा मृत्यु भएपछि लेब्रन जेम्सले कोबेसँगको फोटो पोस्ट गरेका थिए । जुन फोटोले १ करोड ५३ लाख ७४ हजार ५ सय ७२ लाइक पाएको थियो ।

कोबे ब्रायन्टको अन्तिम इन्टाग्राम पोष्ट

बास्केटबलका महान खेलाडी कोबेले जनवरी २६, २०२० मा दुखद निधन हुनु केही घण्टा अगाडि मात्रै लेब्रन जेम्स सँगको फोटो राखेका थिए । त्यस फोटोले १ करोड ४४ लाख ४८ हजार ४० लाइक कमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर