माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल – Nepal Press

माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने बताएका छन् ।

सोमबार पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने प्रष्ट पारे ।

‘मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्नेछौं’, पोखरेलले भने । माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्ष हारेपछि अर्को महाधिवेशन पर्खिन नसकी अध्यक्ष पद मागेर चोइटिएको उनको दावी थियो ।

एमालेको महाधिवेशनमा कार्यकर्ताले चाहे आफू नेतृत्व लिन सक्षम रहेको भन्दै अहिले केपी ओलीविरुद्धको ध्रुवीकरणलाई परास्त गर्न एमाले एकजुट हुने नेता पोखरेलले बताए ।

 


प्रतिक्रिया

One thought on “माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

  1. कुरा यथार्थ हाे ,पर्चन्न र माकुनेहरु अाफ्नाे कार्यकर्ता लाई जागिर ख्वाउन नपाएर,भरस्टाचार गर्न नपाएर,राज्यको सम्पत्ति माथि दाेहन गर्न नपाएर पुरै बहुलाएका हुन । माकुने ले पार्टी चाेइटिएकाे फाइदा त केही समय उठाउने छन तर अागामि दिन मा उनको बिचल्नि,बिल्लिबाठ हुने स्थिति पनि धेरै टाढा छैन ।जतिसुकै साठगाठ गरे पनि उनले देखाएको अाैकात बाट कसैले बिश्वास गर्ने ठाउँ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर