पहिरो पन्छाएर खुलाइयाे नागढुंगा–नौबिसे सडक (भिडियो) – Nepal Press

पहिरो पन्छाएर खुलाइयाे नागढुंगा–नौबिसे सडक (भिडियो)

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सूचारु भएको छ ।

त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।
अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साढे ५ बजेतिर पहिरो गएको थियो ।

पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो । प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए । उनले भने, ‘बिहान साढे ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौं । अहिले सडक पूर्ण रुपमा सूचारु भएको छ । अव पहिरोले असर नगर्ला ।’

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भईरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर