शक्तिशाली सामुन्द्रिक आँधी इदाले अमेरिका प्रभावित, लुसियानाका लाखौं नागरिक विद्युतबाट बञ्चित – Nepal Press

शक्तिशाली सामुन्द्रिक आँधी इदाले अमेरिका प्रभावित, लुसियानाका लाखौं नागरिक विद्युतबाट बञ्चित

अमेरिका । इदा नामक शक्तिशाली सामुन्द्रिक आँधीले अमेरिकी राज्य लुसियानालाई तहसनहस बनाएको छ । तीव्र बेगसहित चलेको हावा र बाढीले न्यू अर्लियन्सका लाखौं मानिसहरु विद्युतबाट बञ्चित भएका छन् ।

आँधीबाट एकजनाको मृत्यु भएको छ ।

आइतबार राती १०५ माइल प्रतिघण्टाको गतिमा आएको उक्त शक्तिशाली आँधी जमिनमा ठोक्किएको थियो । इदा आँधीलाई त्यहाँको मौसम विभागले चौंथो श्रेणीको खतरनाक आँधीको सूचीमा राखेको छ ।

१६ वर्षअघि लुसियानामा आएको कट्रिना नामक सामुन्द्रिक आँधीपछि हजारौंलाई प्रभावित तुल्याउने गरी इदा आँधी आइपुगेको हो । कट्रिना आँधीलाई पनि विभागले चौंथो श्रेणीको आँधीमा राखेको छ ।

विद्युत संरचनामा क्षति पुगेपछि जनघनत्व बढी रहेको लुसियाना सहरका लाखौं मानिसहरु विद्युत सेवाबाट बञ्चित भएका छन् । सरकारले आँधी प्रभावित ठाउँका मानिसलाई तत्काल उद्दार गर्न भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर