ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक – Nepal Press

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम्ं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गीफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात ३०० सम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात ५०० सम्म क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजना अन्तर्गत तीज विशेष बनाउन बैकले महिलाहरुलाई ग्राह्यता दिने बताइएको छ । ग्लोबल आइएमई बैंकमा  नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिएसओ मसिन र इकोम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३०० क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ ।

महिला ग्राहकलाई लक्षित योजना भाद्र १६ देखि ३१ गते सम्म सञ्चालन हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर