दैलेखमा एमालेको भेला बुधबार, ज्ञवाली र कँडेलले सम्बोधन गर्ने – Nepal Press

दैलेखमा एमालेको भेला बुधबार, ज्ञवाली र कँडेलले सम्बोधन गर्ने

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला भेला भदौ १६ गते बुधबार आयोजना हुन लागेको छ । एमालेका संरचना २०७५ जेठ दुईमा पुगेसँगै दैलेखमा कर्णालीमै पहिलोपटक जिल्ला भेला हुन लागेको हो ।

भेलालाई एमाले उपाध्यक्ष एवं कर्णाली इन्चार्ज युवराज ज्ञावली र सह-इन्चार्ज यामलाल कँडेलले सम्बोधन गर्न लागेका हुन् ।

एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा एकता भेला सुरु गरेको अध्यक्ष गोरख बोगटीले बताए । उनका अनुसार सुर्खेतमा १७ भदौमा भेला आयोजना गरिएको छ । हरेक जिल्लामा भेलाको आन्तरिक तयारी तीव्र रुपमा सुरु भइसकेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर