लुम्बिनीमा दुई मन्त्रालय थप, मन्त्रिपरिषद् विस्तार हुँदै – Nepal Press

लुम्बिनीमा दुई मन्त्रालय थप, मन्त्रिपरिषद् विस्तार हुँदै

रूपन्देही । लुम्बिनी प्रदेश मन्त्रालयको संख्या १३ पुगेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ११ बाट बढाएर १३ पुराएको हो ।

जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन् ।

मन्त्रालय बढेसँगै अब छिट्टै मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर