‘यहाँदेखि त्यहाँसम्म- केपी ओलीले सबै बिगारे, भत्काए’ – Nepal Press

‘यहाँदेखि त्यहाँसम्म- केपी ओलीले सबै बिगारे, भत्काए’

नेकपा एमालेको अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र चिन्तनको विरोधमा शुरूदेखि आलोचना गरियो, सुधारको लागि अनेक प्रयास गरियो तर उहाँमा कुनै सुधार आएन ।

उल्टै सुधारको लागि सुझाव दिनु हुने सबैसँग इगो साध्न थाल्नु भयो । नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै छलफल नहुने । आफ्नो गुटबाहेक कसैलाई पनि जिम्मेवारी दिनु भएन अन्यायको विरोध गर्ने हामीहरूले आफ्नो पार्टीभित्र अन्याय सहनु पर्‍यो । संसदभित्र पनि आफनो गुटका मान्छेहरूलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि यही अवस्था थियो ।

समयक्रमसँगै दुई पार्टीबीचमा एकता भयो । अब सुधार होला भनि अपेक्षा राखिएको थियो । तर, शुरूदेखि मनपरि हुन थल्यो । पार्टीभित्र अध्यक्ष भनेको सर्वोपरि हो जस्तै गर्न थालियो । कमिटीप्रणाली खारेज भयो । कमिटीप्रणाली लत्याउने र बेवास्ता गर्ने काम भयो ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति तोड्नु भयो । दक्षिणपन्थी भासमा दैनिक रूपमा डुब्न थाल्नु भयो । वामपन्थी दृष्टिकोणमा विचलित हुनु भयो । कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्ने नहुने काम गर्नु भयो । जब उहाँले आफनो पदमा चुनौती देख्नु भयो ।

गरेको गल्तीको विषयमा प्रश्न उठाएपछि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पठाउने, कुर्सी भाँचिदिन्छु भन्दै धम्काउदै बोल्न थाल्नु भयो । कुर्सी ठुलो कुरो थिएन तर उहाँ कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नु भयो । निर्वाचनको घोषणपत्र लागू गर्नका लागि उत्साहित हुनु भएन । उल्टै संविधानमा नभएको व्यवस्था प्रतिनिधिसभा विघटन गर्नु भयो ।

वार्तालाई नाटकमात्रै बनाइयो । एकैदिनमा तीनजनालाई प्रधानमन्त्रीको आश्वासन दिने काम गर्नु हुन्थ्यो । सबैलाई उल्लु बनाउने काममात्रै गर्नु हुन्थ्यो । प्रधानमन्त्री भइरहनका लागि अनेक नाटक मञ्चन गर्नु भयो । नैतिकताको कुनै ख्याल गर्नु भएन । प्रधानमन्त्रीबाट हट्नुभयो तर यसको जिम्मेवारी अरू हुन भनेर उल्टै आरोप लगाउनुभयो । चिन्तनमा समस्या आएपछि व्यवहार त्यस्तो गर्नु भयो त्यो प्रष्टै छ ।

पहिलोपटक सरकारमा हुँदा संकटमा परेपछि बालुवाटारमा कमल थापा, विष्णु पौडेललसँग बसिरहेको बेला मलाई नि बोलाउनु भयो र सोध्नुभयो- सरकार ढल्ने भयो अब के गर्ने ? यो विषयमा उपाय छ, प्रचण्डलाई प्रधानमन्त्री बनाउँ भनेँ । बालुवाटारमा मसहित बसेर यसमा सहमति भयो । तर, उहाँले कार्यान्वयन गर्नुभएन, उल्टै खिल्ली उडाउनु भयो । भ्रष्टाचारले सीमा नाघ्यो । यसको ज्वलन्त उदाहरण हेरे पुग्दछ ।

पार्टी शिथिल र शक्ति नभएको जस्तो भयो । जीवन्त पार्टी निर्माणका लागि अनेक कुराहरू भयो । तर, विषयगतरूपमा छलफल भएन, बैठकमा उहाँ जानु नै भएन । मनमौजीरूपमा एकलौटी प्रतिनिधिसभा विघटन गर्नु भयो । यसको औचित्य पुष्टी गर्ने आधार छैन । जबकि संविधानमा ती कुराहरूका उल्लेख छैन । दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभयो । कोरोनाको समयमा जनताहरूलाई औषधी दिन छोडेर चुनावको घोषण गर्नुभयो ।

झुठ बोल्नमा माहीर उहाँ पौष ६ गते ११९९ जानको कमिटी घोषणा गर्नु भयो । फाल्गुण २३ को फैसलापछि फाल्गुण २८ गते बैठक बसेर मनपरी गर्नुभयो । अन्यायको विरोधमा विद्रोह गर्नु पर्दछ भन्ने जिल्ला-जिल्लाबाट आवाज उठ्यो ।

वार्तालाई नाटकमात्रै बनाइयो । एकैदिनमा तीनजनालाई प्रधानमन्त्रीको आश्वासन दिने काम गर्नु हुन्थ्यो । सबैलाई उल्लु बनाउने काममात्रै गर्नु हुन्थ्यो । प्रधानमन्त्री भइरहनका लागि अनेक नाटक मञ्चन गर्नु भयो । नैतिकताको कुनै ख्याल गर्नु भएन । प्रधानमन्त्रीबाट हट्नुभयो तर यसको जिम्मेवारी अरू हुन भनेर उल्टै आरोप लगाउनुभयो । चिन्तनमा समस्या आएपछि व्यवहार त्यस्तो गर्नु भयो त्यो प्रष्टै छ ।

हामी कम्युनिष्ट दृष्टिकोणमा विचलन भएका छैनौं । लोकतन्त्रको मूल्य मान्यताहरूलाई आत्मसाथ गरेर अगाडि बढ्नेछौं । रोजगार सिर्जना र नयाँ पुस्ताहरूलाई आकर्षित गर्ने अभिभाराको साथ अगाडि बढेका छौं । वर्गीय दृष्टिकोणलाई आत्मसाथ गरेर अघि बढ्नेछौं । नेपालको स्वाभिमानलाई जोगाउँदै अघि बढ्नेछौं । पार्टी निर्माणकाको मोर्चामा अघि बढ्नेछौं ।

केपी ओलीका कारण समाज, नागरिक समाज, वौद्धिक व्यक्ति सबै प्रताडित भए । बार्दलीको नाँचदेखि बाँदर नाँच समेत देख्नु पर्‍यो । उहाँका शिष्य पनि त्यसै बोल्न थाले । एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो । पार्टी आज दुर्घटनामा पर्‍यो । ।

केन्द्रीय कमिटी र सांसदहरूको साथ पाउने भएपछि र सिंगो कम्युनिष्ट आन्दोलन समाप्त हुने लक्ष्ण भएपछि आज हामी क्रान्तिकारी पार्टी निर्माण गर्ने ठााउमा पुगेको हो । के केशरजंग रायमाझीको कदमलाई सहयोग गरेको भए आज हामी यो ठाउमा पुग्ने थियौं ? पुष्पलालले पार्टी निर्माण नगरेको भए, मनमोहनले विद्रोह नगरेको भए के आज हामी यो ठाउँमा रहन्थ्यौं ? नेपालमा दुई ठूला पार्टीहरू एक ठाँउमा हुँदा हामी दुईतिहाईको ‘पोजिसन’ मा पुगेको हो ।

आन्दोलनमा तिखार्दै जानुस्, अझ सशक्त अनि समृद्ध बन्दै जानुस् । न्यायपूर्ण, समतामूलक समाज निर्माणको लागि अघि बढौं । अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठीक भएकोले तुरुन्त कुनै पार्टीसँग एकता हुदैन । राष्ट्रिय सम्मेलन गरेर कमिटीलाई पूर्णता दिनु पर्दछ ।

हामी कम्युनिष्ट दृष्टिकोणमा विचलन भएका छैनौं । लोकतन्त्रको मूल्य मान्यताहरूलाई आत्मसाथ गरेर अगाडि बढ्नेछौं । रोजगार सिर्जना र नयाँ पुस्ताहरूलाई आकर्षित गर्ने अभिभाराको साथ अगाडि बढेका छौं । वर्गीय दृष्टिकोणलाई आत्मसाथ गरेर अघि बढ्नेछौं । नेपालको स्वाभिमानलाई जोगाउँदै अघि बढ्नेछौं । पार्टी निर्माणकाको मोर्चामा अघि बढ्नेछौं ।

(नवगठित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपालले आइतबार बानेश्वरस्थित संसदीय दलको बैठकमा व्यक्त मन्तव्यको सम्पादित अंश)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर