एकीकृत समाजवादीको बैठक बस्दै, माधव नेपाल संसदीय दलको नेता बन्ने तयारी – Nepal Press

एकीकृत समाजवादीको बैठक बस्दै, माधव नेपाल संसदीय दलको नेता बन्ने तयारी

काठमाडौं । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ ।

त्यस्तै सरकारमा भोलि सहभागी हुने समेत चौधरीले जानकारी दिए । यसका लागि गठबन्धनका शीर्ष नेताबीच छलफल तय भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर