कांग्रेस नेताहरुको दावी : कम्युनिष्ट कमजोर हुँदा आउने चुनाबमा हाम्रो बहुमत – Nepal Press

कांग्रेस नेताहरुको दावी : कम्युनिष्ट कमजोर हुँदा आउने चुनाबमा हाम्रो बहुमत

दाङ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन । दाङको घोराहीमा शनिबार सन्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफू उठ्ने बताएका हुन ।

पार्टीको महाधीबेशनमा तपाई सभापतिमा उठ्नु हुन्छ कि नाइँ भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने : सभापतिमा किन नउठ्नु र, अबश्य उठ्छु नि ।’ उनले सभापतिमा उठ्ने मात्रै भनेनन्, उम्मेदवारीबाट पछाडि नहट्ने दाबी पनि गरे ।

कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, नेता किरणकिशोर घिमिरे र पार्टीका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यबादेबी शर्माको सम्झनामा पार्टीले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जलि सभा कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले महाधिबेशन निर्धारित मितिमै हुने भन्दै तयारीमा जुट्न कांग्रेस नेता, कार्यकर्तालाइ निर्देशन दिए ।

महाधिबेशन भदौ १८ गतेदेखि वडाबाट सुरु हुने भन्दै उनले पार्टीको आन्तरिक जीवनमा महाधिबेशनले महत्वपूर्व अर्थ राख्ने र महाधिबेशन कांग्रेस नेता तथा कार्यकर्ताका लागि ठूलो पर्व भएकाले सहि र सक्षम नेतृत्व चुन्नुपर्ने बताए ।

पार्टीको निर्बाचनलाइ हार र जितको बिषय बनाउन नहुने भन्दै उनले पार्टीलाई बलियो र एकताबद्ध बनाएर आउने निर्बाचनमा पहिलो पार्टी बनाउनुपर्ने बताए । कम्युनिष्ट फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न उनले सबै नेता, कार्यकर्तामा आह्वान गरे ।

पार्टीको निर्वाचन नै अन्तिम नभएको भन्दै उनले आउने आम निर्बाचन कांग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरोरुपमा उत्रनुपर्ने उनको भनाइ छ । एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्बाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो ।

कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले महाधिबेशन निर्धारित समयमा हुने भएकाले ढुक्क हुन आग्रह गरे । चुनाबलाई राजनीतिक इगो बनाएर आउने निर्बाचनमा त्यसलाई रिस साँध्ने विषय बनाउन नहुने तर्क गर्दै अधिबेशनबाट आउने नेतृत्वलाई सहयोग गर्दै पार्टीलाई थप बलियो बनाएर लगेमा कांग्रेसले बहुमत ल्याउने बताए ।

बिगतमा दाङ कांग्रेसले जितेर गढ बनाएको चर्चा गर्दै उनले अब आउने चुनाबमा दाङका सबै निर्बाचन क्षेत्र कांग्रेसले जित्ने गरि लाग्न नेता, कार्यकर्तालाइ आग्रह गरे । पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरिले चुनाबमा नेता, कार्यकर्ताको बीचमा धेरै भिड्नुपर्ने भएकाले पार्टी भित्र सहयोग, समन्वयको भावना नभएको भन्दै नेता, कार्यकर्ताको बिचमा आपसी सौहार्दको भावना बिकास गर्न तर्फ जोड दिनुपर्ने बताए । अर्का पूर्वमन्त्री सञ्जय गौतमले पार्टी भित्र गुट–उपगुट अन्त्य गरेर बिचार र दृष्टिकोणलाइ आधार मानेर पार्टीलाई बलियो बनाउनुपर्ने टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर