माधव पक्षले मोरङमा बनाएको एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण – Nepal Press

माधव पक्षले मोरङमा बनाएको एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

विराटनगर । नेकपा एमाले विभाजनसँगै तत्कालीन माधव नेपाल पक्षले तत्कालीन एमालेमा बनाएको मोरङ जिल्लाको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ ।

शनिवार विराटनगरमा भेला आयोजना गरि चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको मोेरङ जिल्ला कमिटीमा रुपान्तरण भएको हो ।

३२५ सदस्यीय समानान्तर कमिटीका कोही एमालेमै बसेको छन् भने कोही एकीकृत समाजवादीमा लागेका छन् । बैठकले १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटीहरूलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख वसिम आलमले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर