महालक्ष्मीका मेयर र उपमेयरले छाडे माधव नेपालको साथ, एमालेमै रहने घोषणा – Nepal Press

महालक्ष्मीका मेयर र उपमेयरले छाडे माधव नेपालको साथ, एमालेमै रहने घोषणा

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले आफूहरु अब माधव नेपालको पक्षमा नरहेको घोषणा गरेका छन् ।

नेकपा विभाजनपछि प्रचण्ड–माधव समूह हुँदै पछिल्लो समय एमालेको माधव नेपाल पक्षमा रहेका मेयर श्रेष्ठ र उपमेयर थापाले शनिवार अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको कार्यक्रममा एमालेमै रहने घोषणा गरेका हुन् ।

नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिलाई अध्यादेशले २१ दिनको समय दिएको छ । महालक्ष्मी नगरपालिकाको लुभुमा आयोजित युवा संघको कार्यक्रममा मेयर श्रेष्ठले आफूहरु एमाले छाडेर माधव नेपालको पार्टीमा नजाने बताए ।

आफू पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको भन्दै एमाले विभाजनका लागि नेपाललाई समर्थन नगरेको बताए । ललितपुरमा एमालेले जितेका स्थानी तहमध्ये महालक्ष्मीका मेयर उपमेयर माधव नेपाल पक्षमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर