अनसनरत जिल्ला सभापतिहरूको माग पूरा, आजै आन्दोलन टुङ्गिने – Nepal Press

अनसनरत जिल्ला सभापतिहरूको माग पूरा, आजै आन्दोलन टुङ्गिने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको रिले अनसन आजदेखि अन्त्य हुने भएको छ । जिल्ला सभापतिहरुले राखेका माग सम्बोधन गर्न शीर्ष नेतृत्व तयार भएपछि आजदेखि आन्दोलन रोकिन लागेको हो । अनसनमा बसेकालाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाउने तयारी छ ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र त्यसमा भएको त्रुटी सच्याउने मौका दिइनुपर्ने माग मुख्य रूपमा राखेका थिए । विहीबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको वार्तामा ती माग पूरा गर्ने सहमति बनेको छ ।

सहमतिपश्चात आज बसेको पौडेल पक्षको बैठकले महाधिवेशन सफल पार्न सक्रिय हुने निर्णय गरेको थियो । आजै पौडेलले रिले अनसन लगायतका कार्यक्रम स्थगन गरे स्थानीय अधिवेशनको तयारीमा जुट्न आग्रह समेत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर