मनसुनबाट हुने सम्भावित जोखिमका लागि तयार रहन गृहमन्त्री खाँडको निर्देशन – Nepal Press

मनसुनबाट हुने सम्भावित जोखिमका लागि तयार रहन गृहमन्त्री खाँडको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणँले मनसुन बाँकी रहेकाले सम्भावित विपदको जोखिम हुन सक्ने क्षेत्रमा पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयबाट जारी विज्ञप्तीमा बाढीका कारण सडक पुल लगायतका भौतिक संरचनाहरू क्षति भएकाका स्थानमा पुनर्निर्माण र पुनर्स्थापना गर्नसमेत मन्त्री खाँडले निर्देशन दिएको उल्लेख छ ।

उनले विपद् घटनाका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई तत्काल राहत उपलब्ध गराई, घाईतेको उपचार व्यवस्था मिलाउन भनेका छन् । साथै घरवारविहीनलाई सुरक्षित स्थानमा राखी आवासको पुनर्निर्माणको प्रकृया आरम्भ गर्न भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर