५० प्रतिशत सहभागितामा सवारी साधनको लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति – Nepal Press

५० प्रतिशत सहभागितामा सवारी साधनको लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

यसैसातादेखि लाइसेन्स परीक्षाको आवेदन खुल्ने

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सीसीएमसीले यातायात व्यवस्था विभागलाई अनुमति दिएको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोभिड प्रोटोकल पालना गर्दै परीक्षा संचालन गर्न अनुमति दिएको बताए । परीक्षाका लागि आवेदन फर्म यसैसातादेखि खुल्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर