शुक्रबार २ हजार कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु – Nepal Press

शुक्रबार २ हजार कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु

२३ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ११७ वटा नमूना (पीसीआर ८७५२ र एन्टीजेन ४३६५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५ जनाको मृत्यु भएको छ भने २३ सय ३७ जना निको भएका छन् ।

गत २४ घण्टाको अवधिमा १ लाख ७९ हजार ८६७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

हालसम्म मुलुकमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर