जसपाले प्रदेश २ मा शुरु गर्‍याे अभिमुखीकरण कार्यक्रम – Nepal Press

जसपाले प्रदेश २ मा शुरु गर्‍याे अभिमुखीकरण कार्यक्रम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

शुक्रबार दिउँसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको समारोहमा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता छ ।

आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर