प्रधानन्यायाधीशले भने- गैरकानूनी भए आधार देखाउनुस्, नत्र भागबण्डाको कुरा नल्याउनुस् – Nepal Press

प्रधानन्यायाधीशले भने- गैरकानूनी भए आधार देखाउनुस्, नत्र भागबण्डाको कुरा नल्याउनुस्

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको भन्दै नियुक्तिका विषयमा व्यक्तिलाई आरोप लगाउन नमिल्ने बताएका छन् ।

संवैधानिक इजलासमा सुनुवाइ शुरू भएपछि रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्‍मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न सुझाव दिएपछि राणाले बेन्चबाट चेक गरेका हुन् ।

राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो ।

त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । सोही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर