राजेश हमाललाई सम्मानदेखि तीज कार्यक्रम गर्न काठमाडौं महानगरले बाँड्यो साढे २ करोड – Nepal Press

राजेश हमाललाई सम्मानदेखि तीज कार्यक्रम गर्न काठमाडौं महानगरले बाँड्यो साढे २ करोड

महानगरका पदाधिकारीबाटै असुल गर्न महालेखाको निर्देशन

काठमाडौंं । महालेखापरीक्षक कार्यालयको ५८ औं प्रतिवेदन अहिले चर्चामा छ । प्रतिवेदनमा जनप्रतिनिधिले सरकारी खर्चमा गरेको बेथिती यसमा उल्लेख छ । यससँगै प्रतिवेदनमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले गरेको बेथिती पनि उजागर भएको छ ।

प्रतिवेदनअन्तर्गत ‘काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षण’मा यस्तो तथ्य उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा काठमाडौं महानगरको संशोधित बजेट १२ अर्ब ९६ करोड २२ लाख थियो । जसमध्ये ६ अर्ब ४५ करोड चार लाख अर्थात् ४९.७६ प्रतिशत मात्रै खर्च भएको छ ।

एक अर्ब ९४ करोड ११ लाख बेरुजु रहेकोमा ५३ करोड ८४ लाख असुल गर्नुपर्नेछ । जसमध्ये एक करोड ३६ लाख ४४ हजार महानगरका पदाधिकारीबाटै असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

महानगरले ८९ संघसंस्थालाई दुई करोड ५८ लाख बाँडेको छ । जसमा राजेश हमालको सम्मान कार्यक्रम गर्न साधना कला केन्द्रलाई दुई लाख उपलब्ध गराएको छ भने ‘सम्झनामा तारादेवी कार्यक्रम’का लागि तारादेवी स्मृति फाउन्डेसनलाई तीन लाख ३० हजार दिइएको छ । राजेश हमाल र तारादेवी कार्यक्रम गर्नका लागि महानगरले उपलब्ध गराएको रकमलाई महालेखाले बेरुजुमा राखेको हो जसलाई व्यक्तिबाटै असुल उपर गर्न भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर