काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो : अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडाद्वारा उद्धार स्थगित – Nepal Press

काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो : अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडाद्वारा उद्धार स्थगित

पुनः आक्रमण हुनसक्ने भन्दै एलर्ट जारी

काबुल बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, विस्फोटमा घाइते हुनेको संख्या डेढसय नाघेको उल्लेख छ ।

ज्यान गुमाउनेमा १३ अमेरिकी सैनिक र अन्य अफगानिस्तानका नागरिक रहेको जनाइएको छ । गएराति काबुल विमानस्थलबाहिर लगातार ६ वटा बम विस्फोट भएको जनाइएको छ ।

न्यूजिल्यान्ड, अष्ट्रेलिया र क्यानडाले बम विस्फोटको घटना लगत्तै उद्दार कार्य स्थगित गरिएको जनाएका छन् । बिम विस्फोटको घटनापछि थप आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिका लगायतका मुलुकले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अमेरिकाले आक्रमणको घटना पछाडि अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआईको संलग्नता हुनसक्ने दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर